महेन्द्रनगर । कञ्चनपुरबाट भन्सार छलीका माछा बरामद गरिएको छ। बेलौरी नगरपालिका ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार मूल्य बराबरको माछा बुधवार बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ।
उक्त माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी जनप्रतिनिधि, स्थानियहरुको रहोबरमा नष्ट गरेको जनाएको छ। उता, कैलालीबाट सशस्त्र प्रहरीले १८ लाख बढीको तस्करीको सामान बबरामद गरेको छ।
बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतबाट परिचालित टोलीले अन्दाजी १८ लाख ६३ हजार ५ सय ८० मुल्य बरावरको तस्करीको सामान बरामद गरेको छ।जिल्लाको धनगढी उपमहानगरपालिका–१२ ए गाँउ स्थित दुर्गा मन्दिरको नजिकैबाट भारतबाट अबैध रुपमा तस्कर गरी ल्याउँदै गरेको अवस्थामा बोराहरुमा प्याकिङ्ग गरेको १५५ बन्डल प्लाष्टिकको रेडिमेड ध्वजा पतंगा, टेन्टको कपडा, टायर, सुर्तिजन्य पदार्थ बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल बिओपि जुगेडाबाट खटिई गएको मोबाईल टोलीले ९ लाख ४८ हजार बराबरको उक्त सामानहरु बरामद गरेको हो। यस्तै एक अटो र सामान अनलोड गरी रोडको छेउमा लुकाएर छोडिएको सामान पनि बरामद गरिएको छ।
त्यसै गरि सीमा सुरक्षा गुल्म त्रिनगर¸सीमा सुरक्षा गुल्म खक्रौला¸सीमा सुरक्षा गुल्म खोनपुर, विओपी बंग्राकटान, विओपी कुसुमघाट¸ विओपी हिम्मतपुर¸ विओपी फुलवारी¸ विओपी लल्लीपुर¸ विओपी भुइयाफाँटा¸ विओपी छोटीपलिया¸ विओपी हलौनाघाट¸ एफओपी नल्काघाट बाट खटिएको टोलीले अन्दाजी ८ लाख ६३ हजार ८ सय ३० मुल्य बराबरको लत्ताकपडा, हार्डवयर, इलोक्ट्रोनिक सामान, टायर, चिनी, प्याज लगाएत किरानाका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बिओपि बंगराकटानबाट खटीएको टोलीले धनगढी उपमहानगरपालिका भैसीघाटबाट अन्दाजी ५१ हजार ७५० मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। बरामद गरेको ९५ किलोग्राम ब्रोईलर कुखुरा तथा ३० किलोग्राम माछा बरामद गरि स्थानिय जन–प्रतिनिधिको रहोबरमा नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३४ गण कैलालीले जनाएको छ।
Comments are closed.