महेन्द्रनगर । नेपाली काँग्रेस कंचनपुरको क्षेत्र नम्बर १ प्रदेश सभा ख द्वारा १०० दिने विशेष अभियान कार्यक्रम बिहीबारबाट शुभारम्भ भएको छ।
कार्यक्रमको सभापति नेपाली कांग्रेस क्षेत्र नम्बर १ ख का सभापति चेतनकुमार राई,प्रमुख अतिथि केन्द्रिय कार्यसमिति सदस्य नृप बहादुर वड, विशिष्ट अतिथि संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,
नेपाली काँग्रेस जिल्ला उपसभापति एवं बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना, जिल्ला उपसभापति मिन बहादुर सिंह,नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रसाद उपाध्याय, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि भरत बिष्ट,अतिथिमा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया राना, क्षेत्रिय समिति, नगरसमितीका नेतागणहरुको उपस्थिति रहेको थियो।
केन्द्रिय कार्यसमितिको नीति अनुसार देशभरी क्षेत्रिय सभा, प्रदेश सभा, र नगरमा १०० दिने विशेष अभियान कार्यक्रम सञ्चालन भइरहेको नेपाली काँग्रेस प्रदेश सभा ख का सचिव दिनेश बहादुर कुँवरले जानकारी दिनुभयो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पार्टी निर्वाचित जनप्रतिनिधि र सदस्यहरुलाई आवश्यक प्रशिक्षण कार्यक्रमको आयोजना गर्नुपर्नेमा जोडदिएका थिए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले देशको ७७ जिल्लामा यो अभियान जारी रहेको बताउँदै नेपाली काँग्रेसले विधान अनुसारको कार्यविधिलाई टेकेर क्रियाशील सदस्यता दिइने बताउनुभयो। पार्टीले समय अनुसार विधान संशोधन गरी नयाँ ढङ्गले अगाडि बढ्नुपर्नेमा जोडदिनुभयो।
नेपाली काँग्रेसको नेतृत्व मा कञ्चनपुर क्षेत्र नम्बर १ मा थुप्रै विकाश निर्माणका काम गरेको समेत बताउनुभयो। विशेष अभियान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय कार्य समितिको सदस्य नृप बहादुर वडले पार्टी प्रति किन निराशा छाएको छ ।
त्यो विषयमा ग्रासरुटबाटै सबैको मनोबल बुझ्नुपर्ने बताउँदै हामी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोडा दिनुभयो। जनप्रतिनिधिले जनताको मर्म बुझेर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो। कार्यक्रमको समापनमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ख सभापति चेतन कुमार राईले कार्यक्रममा सहभागी हुनुभएकोमा सम्पूर्ण सदस्य लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस प्रदेश सभा ख का सचिव दिनेश बहादुर कुँवरले गर्नुभएको थियो।
Comments are closed.