जमिन मुनि लुकाइएको अवस्था मा लागुऔषधसहित भेटेपछि ,३ युवा पक्राउ

महेन्द्रनगर ।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका महेन्द्रनगरस्थितहोटल ओपेरा पछाडि खोपाछाप्राबाट तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्यसूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाटसंयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोका छाप्रामा बस्ने २६ वर्षीय अमित खत्री, २१वर्षीय चक्र बहादुर सुनार बेदकोट नगरपालिका सुडाका २१ वर्षीय नबिन डगौँरा छन्।

खोपा छाप्रामा चेकजाँच गर्दा घरभित्र जमिनमा खाल्डो खनी माटो मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामाफेनारगन ३९ पिस, एम्पुल रेक्सजेससिक ४२ पिस लागु औषधमा प्रयोग गर्नको लागि प्रयोग हुने सिरिञ्ज पिस बरामद गरिएकोप्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.