महेन्द्रनगर । सोमवारदेखी कञ्चनपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ जिल्लामा रहेका पालिकाहरुले विभिन्न जनाचेतना मुलक कार्यक्रम गर्दै उक्त अभियानको सुरुवात गरेका छन् । “हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथ भीमदत्त नगरपालिकाले सरोकारवाला निकायहरु संग छलफल र माध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा आफनो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले पालिकाले यो १६ दिने अभियानमा मात्रै नभएर अन्य दिनहरुमा पनि यो विषयमा काम गरिरहेको बताउनु भयो । महिला लक्षित कार्यक्रमहरु, उनिहहरुलाई सिपयुक्त बनाएर आर्थिक रुपमा शसक्त बनाएर समुदायमा आफनै पहिचान बनाउने योजनामा काम गरिरहेको बताउनु भयो ।
महिला, पुरुष, तेस्रो लिङगी, जोसुकै पनि हिँसामा पर्ने भएपछि सबैको हक हितका लागी नेपाल सरकार, स्थानिय सरकार गैरसरकारी संघसंस्थाहरुले मिलेर हातेमालो गरेर काम गर्नु पर्ने बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले सबैले मिलेर सभ्य समाजको निर्माण गर्नमा अग्रसरता हुनुपर्ने बताउनु भयो ।
सबैको उदेश्य एकनाशको भएर जाने हो भने कसैलाई पनि हिँसा नहुने र यो १६ दिने मात्रै नभएर अन्य दिनमा पनि कुनै पनि व्यक्ती हिँशामा नपरोस भनेर काम गर्ने हो भने, हाम्रो समाज एकदमै राम्रो सभ्य सकारात्मक पक्षमा अगाढी बढने बताउनु भयो ।
यसैगरी वेदकोट नगरपालिकाले पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाएको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ५ धरमपुरमा लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
वडामा रहेका विभिन्न आमा समुह महिलाहरुको समुहमा आवद्ध सदस्यहरुका माझमा विभिन्न जानकारी मुलका विषयमा छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले पहिलेको तुलनामा अहिले केही हदसम्म हिँशाका घटनामा कमी आएपनि समुदायमा हिँशाका स्वरुप कायमै रहेको बताउनु भयो ।
पालिकाले अहिले महिला लक्षित विभिन्न आयमुलक कार्यक्रमहरु संचालन गर्ने सिप सिकाएर उनिहरुलाई सक्षम बनाएर आत्म निर्भर बनाउने योजना रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।
Comments are closed.