महेन्द्रनगर । शान्ती पुनस्र्थापना गृह (पि.आर.सी) ले एक वर्षमा कञ्चनपुरमा २ सय ९७ जना प्रभावितहरुलाई उद्धार गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा मानव वेचविखन, तथा ओसारपसार, र विभिन्न हिंसाको जोखिममा रहेका २ सय ९७ जना प्रभावितलाई उद्धार गरी पारिवारिक पुर्नमिलन र पुनस्थापना गरेको हो ।

मंगलवार संस्थाले आफनो आर्थिक वर्ष २०८०÷८१ मा संचालित कार्यक्रमको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरेको हो । संस्था आफैले ९० जना, प्रहरी कार्यालयबाट २ सय ६ र अन्य संस्थाबाट १ जना गरी उक्त संख्यामा प्रभावितको उद्धार गरी पारिवारिक पुर्नमिलन र पुनस्थापना गरेको छ ।

१३ जना लार्य भारतका विभिन्न संघसंस्था र र प्रहरी प्रशासनको संगको सहकार्यमा नेपाल फिर्ता गरी पारिवारिक पुर्नमिलन र पुनस्थापना गएिको शान्ती पुनस्र्थापना गृह (पि.आर.सी) का क्षेत्रीय संयोजक संजित सिंहले बताउनु भयो । साथै २ जनाको मानव बेचविखन तथा ओसारपसार विरुद्ध ३ जनाको जवरजस्ती करणी विरुद्ध, र २ जनाको बाल यौन दुरुपयोग तथा दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

संस्थाले कञ्चनपुरमा अहिले गड्डाचौकी, ब्रह्मदेव, दोधारा चादनी, बेलौरी, र बेलडाँडीमा रहेर काम गरिरहेको छ, भने संस्थाले गड्डाचौकी नाकाबाट २ सय २२ जना, ब्रह्मदेवबाट ११ जना, दोधारा चादनीबाट २८ जना, बेलौरीमा १४ जना, र बेलडाँडीमा ६ जनाको आव २०८०÷८१ मा उच्च जोखिममा रहेका बालबालिका र महिलाहरुको उद्धार गरी पारिवारिक पुर्नमिलन र पुनस्थापना गरेको जानकारी दिनुभयो ।
मानव बेचविखन जघन्य अपराध भएको र विव्श्मा नै तेस्रो ठुलो अपराधको रुपमा रहेपनि अहिले बेचविखनका पनि नयाँ स्वरुप रहेको बताउनु भयो । काम गर्ने दौरानमा चुनौती र बाधा अवरोध समस्या रहेपनि संस्थाले आफनो लक्ष्य, उदेश्य अनुरुप नै समुदायमा काम गरिरहेको बताउनु भयो । पछिल्लो समयमा संगठनिक रुपमा मानव बेचविखन हुँदै आएको र कञ्चनपुरमा खुल्ला सिमानाका भएर पनि बढी जोखिम हुने सजिलै बेचविखनमा पर्ने सम्भावना रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराले पछिल्लो समयमा स्वइच्छाले पनि बेचविखन भई रहेको बताउनु भयो । यो विषयमा पनि संस्थाले गम्भिर भएर काम गर्नु पर्ने बताउनु भयो । संस्थाले पाएको जिम्मेवारी अत्यन्तै निष्ठा भएर जनचेतना मुलक कार्यक्रम गरेर समुदायमा बेचविखनलार्य कम गर्न सक्रिय भुमिका खेलेको बताउनु भयो ।
शान्ती पुनस्र्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटले मानव बेचबिखन विरुद्धमा सक्रिय भई संघर्ष गर्दै आई रहेको करिब ३१ वर्ष पुगेका बताउनु भयो । संस्थाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा लागी मानव बेचबिखन जस्तो जघन्य अपराधको पहिचान गर्दै मानव बेचबिखन विरुद्ध खडा भई यस्तो जघन्य अपराधलाई न्यूनिकरण गर्नको लागी प्रयास गर्दै आईरहेको जानकारी दिनुभयो ।
संस्थाले सिमा क्षेत्रमा सिमा निगरानी, अन्य जनचेतनामुलक र विभिन्न हिंसा बाट प्रभावित महिला तथा बाल बालिकाहरुलाई सिपमुलक तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । शान्ति पुनर्स्थापना गृह यस्तो संस्था हो जस्ले पिडितहरुलाई जो अन्यायमा परेका छन्, बेसाहारा छन् तिनीहरुको साहारा भई न्याय दिलाउनको लागी सहयोग गर्दै आईरहेको छ ।
शान्ति पुनर्स्थापना गृहले मानव बेचबिखनको जोखिममा र विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारीक पुर्नमिलन र समाजमा स–सम्मान साथ पुनस्र्थापना गर्दै आईरहेको छ ।
Comments are closed.