महेन्द्रनगर । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पूर्व सन्ध्यामा कञ्चनपुरमा चित्रकला प्रतियोगिताको सम्पन्न भएको छ । बहिरा अपाङगता भएका विद्यार्थीहरुले चित्रकला प्रतियोगितामा भाग लिएका छन् ।

भीमदत्त नगरपालिकाको आयोजना र अपाङ सेवा संघ, नेपाल नेत्रहिन संघ, सुदूरपश्चिम समोवशी अपाङगता संघ, एनएनएसडब्लुए, नेपाल अपाङ महिला संघ, र शारिरिक अपाङगता खेलकुद प्रवर्धन समाज कञ्चनपुरको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भउको हो ।
श्री अमर शहिद आधारभुत विद्यालयमा रहेका बहिरा अपाङगता भएका कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरु विच उक्त प्रतियोगिता भएको हो । उक्त प्रतियोगितामा सन्ध्या सुनारले प्रथम स्थान हासिल गर्नु भएको छ, भने द्धितियमा हिमाल धामी, यसैगरी तृतियमा लक्ष्मण नेपाली र चौथो अमन सह भएका छन् ।

राष्ट्रिय अपाङग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले बहिरा अपाङगता भएका विद्यार्थीहरुको सिप कलालाई प्रस्फुटन गर्ने हेतुले आज चित्रकला कार्यक्रम गरिएको बताउनु भयो । साथै उहाँले मंसिर १४ गतेदेखी १८ गतेसम्म सप्ताह व्यापीरुपमा विभिन्न कार्यक्रम गरी मनाउने कार्यतालिका रहेको बताउनु भयो ।
भीमदत्त नगरपालिकाको आयोजनामा १४ गते सुनाइ सम्बन्धी अपाङगता भएका व्यक्तीहरका लागी चित्रकला प्रतियोगिता, र बौद्धिक अपाङगता भएका व्यक्तीहरुका लागी १ सय मिटर दौड सम्पन्न भएको , १७ गते शारिरिक अपाङगता भएका व्यक्तीहरुको लागी ५ सय मिटर ह्विलचियर दौड प्रतियोगिता रहेको बताउनु भयो ।
त्यही दिन साँझ बेलुकी ६ बजे मदन चोकमा दिप प्रज्वलन कार्यक्रम र १८ दृष्टिविहिन अपाङगता भएका व्यक्तीहरुका लागी घैँटो फुटाउने कार्यक्रम, हुने भएको छ । सोही दिन मदन चोकबाट निकालिएको रयालीे बजार परिक्रमा गरी संविधान चोक महेन्द्र स्मारकमा सभा गरिने उहाँले बताउनु भयो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
यसवर्षकोे राष्ट्रिय मूल नाराको रुपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मुल नारासहित यस वर्षको अपाङ्गता दिवस भव्यताको साथमा मनाईने भएको हो ।
Comments are closed.