शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुँदै

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्रवारदेखी बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो। यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गरेका हुन।सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पारेका थिए।

निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताए। गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए।यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए।

आर्थिक वर्ष २०७८÷७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन्। करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन्।

सम्बन्धित

Comments are closed.