महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा उप निर्वाचन आईतवार सम्पन्न भएको छ । कंचनपुरको भीमदत्त नगरपालिका –६ मा वडा अध्यक्ष पदका लागि भएको मतदानमा २ हजार ९ सय ९१ मत खसेको छ । ५ हजार ४ सय ३४ मतदाता रहेकोमा उक्त संख्यामा मत खसेको निर्वाचन अधिकृत तारा प्रसाद शर्माले बताउनु भयो । जसमा १ हजार ६ सय ६ महिला र १ हजार ३ सय ८५ पुरुषले मतदान गरेको जनाइएको छ ।
निर्वाचन कार्यालयका अनुसार , २ हजार ४ सय ४१ मत भने खसेन । आज (आइतबार) बिहान ७ बजेदेखि सुरु भएको मतदान सोही दिनको साँझ ५ बजे सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । वडा अध्यक्ष पदकालागी उक्त वडामा विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवार सहित १२ जनाले उम्मेदवारी दिएका छन् ।
रिक्त वडाध्यक्ष पदका लागि भीनपा ६ ऐठपुर शान्ति निकेतन माविमा मतदान भएको थियो । ३० बैशाख ०७९ सालमा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको गत बर्ष निधन भएपछि निर्वाचन आयोगले उप निर्वाचन गरेको हो ।
मतदान स्थलमा सिसिटिभी क्यामेरा समेत जडान गरिएको थियो । वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार छन । नेपाली काँग्रेसबाट प्रकास बहादुर चन्द, नेकपा एमालेबाट बहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पाटीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिल कुमार भट्ट, राप्रपा नेपालबाट दिल बहादुर धामी, जनमतबाट यादव चन्दा, नाउपाबाट हरिष डगौरा र स्वतन्त्र थानेश्वर प्रशाद लेखक, युवराज चन्द रहेका छन ।
काँग्रेस र एमालेका उम्मेदवार चन्दद्वय काका भतिजा, एमाले, राप्रपा उम्मेदवार चन्द र भट्ट मितज्यू, एमाले, समाजवादी उम्मेदवार चन्दद्वय नातिबाजे, काँग्रेस, एमाले, समाजवादी, माओवादीका उम्मेदवार चारै जना एकै भगवती टोलका रहेका छन ।
रास्वपा उम्मेदवार भट्ट शान्ति निकेतन माविमा अध्यक्ष, एमाले उम्मेदवार चन्द शान्ति निकेतन माविका पुर्व हेडसर, नाउपा उम्मेदवार पुर्व सशस्त्र प्रहरी रहेका छन । जनमतका उम्मेदबार शिक्षा क्षेत्र, राप्रपा र राप्रपा नेपालका उम्मेदवार व्यवसायी र स्वतन्त्र उम्मेदवार लेखक पुर्व पर्यटन बोर्डका कर्मचारी र अर्का स्वतन्त्र उम्मेदवार चन्द मासु व्यवसायी रहेका छन ।
Comments are closed.