वेदकोट नगरपालिका ९ मा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका ९ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरिरहेको छ । वेदकोट नगरपालिकाको वडा नम्वर ९ मा रहेको श्री उदयदेव मावीमा आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, विद्यार्थीहरु जनप्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलक विषयमा छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले अहिलेको पुस्ताहरु लागुऔषधमा फस्दै गईरहेको प्रती चिन्ता व्यक्त गर्नु भयो । अहिले किशोर र किशोरीहरु लागुऔषधको जंजालमा फस्दै गएर आफनो भविष्य वर्वाद र परिवारको खुसी नै हराएको बताउनु भयो ।

कञ्चनपुर कारागारमा अहिले आधा भन्दा बढी युवायुवतीहरु कैद जिवन भुक्तान गरीरहेको बताउँदै अब आउने युवायुवतीहरुले सचेत हुने लागुऔषधलाई नाई भन्ने कहिले पनि प्रयोग गर्दैन भन्ने दृढता हुनुपर्ने बताउनु भयो । साथै, समता भएको समाज, सम्मानित भएर जिउने समाजको परिकल्पना अनुरुप सबैले आ आफनो क्षेत्रबाट काम गर्नु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अहिले पालिकाले अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजान गर्दै तिनै पुस्तालाई संगै राखेर छलफल गर्ने गरेको बताउनु भयो । अहिले एक पुस्ताले भनेको अर्काे पुस्ताले नसुन्ने नबुझने जस्ले गर्दा परिवारमा पनि विवाद सुरु हुने अवस्था नहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

अहिले पालिको १० महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष भगवती थापाले लागुऔषधले अहिले पुरै देश आक्रान्त भईरहेको बताउँदै, आफना बालबालिकाहरुलाई विषेश ध्यान दिन आवस्यक रहेको बताउनु भयो । आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो ।

अहिले पनि युवाहरु अधिकाँश लागुऔषधमा लागेको विषयले सबैलाई चिन्तित गरेको र आफना बालबालिकाहरुको उचित रुपमा रेखदेख र विचार गर्नुपर्ने जिकिर गर्नु भयो । अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।

सम्बन्धित

Comments are closed.