महेन्द्रनगर । कञ्चनपुरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिको वैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद सापकोटाको अध्यक्षतामा, जिल्ला समन्वय समिती, गैसस महासंघ, जिल्लामा उक्त क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संघसंस्था, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, पत्रकार महासंघ लगायतको उपश्थितीमा उक्त वैठक सम्पन्न भएको हो ।
मानव बेचविखन तथा ओसारपसार विरुद्ध तथा नियन्त्रणको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुले गर्दै आईरहनु भएका आफनो कार्य प्रगतीहरु गतिबिधीहरु कार्यक्रमहरुलाई प्रत्येक तेस्रो महिनामा समितीमा वैठक बसी पेश गर्नुपर्ने नियम रहेको समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले जानकारी दिनुभयो ।
साथै उहाँहरुले पेश गरेका कार्य प्रगतीलाई आफु मार्फत केन्द्रिय समितिमा पेश गरिनु पर्ने कानुनी व्यवस्था रहेको हुँदा आजको यो वैठक त्यही विषयवस्तुमा रहेको बताउनु भयो । साथै हामी सबैले पारदर्शिता रुपमा काम गर्नु पर्ने भएकाले सबैले आफनो उत्तरदायित्वमा रहेर पारदर्शिता पूर्व काम गर्नुपर्ने बताउनु भयो ।
माईती नेपालका कार्यक्रम संयोजक महेश्वरी भट्टले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा रहेर काम गर्ने संस्थाहरुले के कसरी काम गरी रहेका छन, ? काम गर्ने दौरानमा हुने गरेका चुनौतीहरु के कस्ता रहेका छन् ? भन्ने विषयमा जानकारी दिने छलफल गर्ने गरी यो वैठक सम्पन्न भएको बताउनु भयो ।
साथै, कसरी चुनौतीलाई कम गर्न सकिन्छ ? र आफनो कार्य प्रगतीलाइृ समितीमा पेह गर्ने आगामी योजनाहरु जानकारी गराउनका लागी वैठकको आयोजना गरिएको बताउनु भयो ।
उक्त वैठकले मानव वेचविखन तथा ओसार पसार विरुद्दको कार्यमा जिल्ला भित्र क्रियाशिल गैर सरकारी संस्थाले बार्षिक रुपमा गरेका कार्यहरुलाई नियमानुसार प्रत्येक ३ महिनामा मानव वेचविखन तथा ओसार पसार संग सम्बन्धित क्रियाकलाप र कार्य प्रगतिको लगत तथा अभिलेख अद्यावधिक गर्ने, सोको लागि प्रत्येक तिन महिनामा बैठक बसी प्रतिवेदन गर्ने छौ भनि उपस्थित सवैले प्रतिवद्धता गर्ने निर्णय गरियएको छ ।
साथै आ–आफ्ना कार्यको रिपोर्टिङ जिल्ला प्रशासन कार्यालयमा नियमित गर्ने र सोको आवश्कता अनुसार जिल्ला समिति मार्फत अनुगमन र नियमन गर्ने समेत निर्णय गरिएको छ ।
Comments are closed.