महेन्द्रनगर । अन्तर–पुस्ता महिलावादी मंचले कञ्चनपुरमा अनुपम अभियान (२०२४) अन्तर्गत यात्रै–यात्रा को शुभारम्भ गरेको छ । शुक्रवार य्रालीको आयोजना गर्दै बजार परिक्रमा गरिएको छ । अन्तर–पुस्ता महिलावादी मन्चको आयोजनामा जिल्लामा रहेका महिलाको क्षेत्रमा काम गर्ने गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादी “अनुपम अभियान“ को शुरुवात गरेको अन्तर–पुस्ता महिलावादी मन्चका केन्द्रिय कमिटी स्थायी सदस्य छिङलामु शेर्पाले बताउनु भयो । यो अनुपम अभियान अन्तर्गत यो दोस्रो वर्षमा, एकजुट हुने प्रकृयामा हामी देशब्यापी यात्राहरु गर्ने र जसको शुरुवात पूर्व देखि पश्चिम सम्मको बस यात्रा हालै चैत्र महिनामा हामीले सम्पन्न गरेका बताउनु भयो ।
बसयात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडा भित्र यस्तै यात्राहरु वर्षभरि सम्पन्न हुने जानकारी दिनु भयो । यो ५ वर्षे अनुपम अभियानको मुख्य लक्ष्य भनेको एउटा न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउनु रहेको र यसको लागि कुनै पनि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने र परमुखी विकासको कूलो फर्काउदै, आत्मसम्मान र आत्मनिर्भता बढाउने, यस अभियानको प्रयास रहेको जानकार दिनु भयो ।
यस्तै कञ्चनपुरमा रहेको सन्जिवनी नेपाल संस्थाका कार्यकारी निर्देशक नितु भट्टले यो अभियानले महिलावादीहरुको स्वाभिमान र आत्मसम्मान बढ्ने विश्वास लिईएको बताउनु भयो ।
अहिले देशब्यापी नै यात्राहरु विभिन्न माध्यमहरुबाट (पैदल, साइकल, टेम्पो, बस इत्यादी) चलाइ रहेको र यसरी अनुपम अभियानको चिनारी र अन्तर–पुस्ता महिलावादी मन्चको आयोजनामा जिल्लामा रहेका महिलाको क्षेत्रमा काम गर्ने गष्ैरसरकारी संघसंस्थाहरुको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
वि.सं. २०८० देखि २०८४ सम्मका लागि एक देशब्यापी महिलावादीको बल बढाउँदै, बढि भन्दा बढि महिलावादी साथीहरुलाई समेट्ने प्रयास गर्ने जानकारी दिनु भयो ।
Comments are closed.