वेदकोट ८ मा लागुऔषध विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका ८ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार लागुऔषध दुव्र्यशन विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

“हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा पालिकाले १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरी सम्पन्न गरिएको हो । वेदकोट नगरपालिकाको वडा नम्वर ८ मा रहेको श्री बैजनाथ माध्यमिक विद्यालय गयलनदीको प्राङगणमा जनप्रतिनिधीहरु, आमा समुह, महिलाहरुको समुहमा आवद्ध सदस्यहरु, वृद्धआमा बुवाहरु, शिक्षक, विद्यार्थीहरु, सहयात्रा नेपाल संस्थाका प्रतिनिधीहरुका माझमा विभिन्न जानकारी मुलक विषयमा छलफल भएको थियो ।

सहयात्रा नेपालले यौनिक तथा लैङिगक अल्पसंख्यकको विषयमा जनचेतना मुलक गित र नाटकको प्रदर्शन गरेका थिए । वेदकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख राधिका पन्तले लैङिगिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर १० गतेदेखी सुरुवात भएको र पालिकामा रहेको १० वटै वडामा विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइएको बताउनु भयो ।

१० वटा वडामा अन्तरपुस्ता सम्वाद, जनचेतना मुलकसडक नाटक, लागुऔषध विरुद्ध युवा जागरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिका ८ का कार्य वाहक अध्यक्ष जानकी नाथले अहिले पनि समुदायमा समाजमा हिँसाहरु रहिरहेको अवस्थामा विभेद नगरीकन आफनो परिवार समुदायमा बस्न सकिने बताउनु भयो ।

छोराछोरी, महिला पूरुष, तेस्रोलिङगी सबैलाई एक अर्कालाई सम्मानकोे साथमा हेर्ने सम्मानजनक उपश्थिती गराएर तेस्रो लिङगीलाई पनि सम्मान जनक रुपले हेरिनु पर्ने बताउनु भयो । अहिले देखी नै राम्रा कामहरु सकारात्मक कामहरु गर्दै जाने,हिँसा नगर्ने पिडा नदिने, शान्ती निर्माणमा अहम भुमिका खेल्नु पर्ने बताउनु भयो ।

आफनो परिवारमा रहेका सदस्हरुले सबैलाई माया गर्ने सम्मान गर्ने राम्रो व्यवहार गर्ने बानी रह्यो भने अन्य छिमेकीले पनि त्यसको सिको गरेर सबैलाई सम्मानका साथमा हेरिने बताउनु भयो ।

अन्तर्राष्ट्रिय स्तरमा सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख देखि शुरु भई डिसेम्बर १० तारिखको दिन सम्पन्न हुने गरेको छ ।

सम्बन्धित

Comments are closed.