साईकल यात्री एवम पर्यटन प्रबद्र्धनमा सक्रिय युवा शाह चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा नियुक्त

महेन्द्रनगर । चैतन्य पाठशाला धनगढीले फार्वेस्टर्न राईडरका नामले चिनिने साईकल यात्री भरत विक्रम शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
साईकल संस्कृतिसंगै सुदूर पश्चिमको पर्यटन प्रबद्र्धनमा सक्रिय शाहलाई आईतवार चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् । अध्यक्ष जोशीले आईतवार चैतन्य पाठशालाको विहानी प्रार्थना सभामा शाहलाई एम्बेसडरको नियुक्ति पत्र हस्तान्तरण गरे ।

जोशीले सुदूर पश्चिमको पर्यटन प्रबद्र्धन र साईकल संस्कृतिको विकासमा पु¥याएको योगदानको कदर गर्दै शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको बताए ।

शाहले शिक्षा र संस्कारको सङ्‌गम प्रकृति र संस्कृतिको सम्मानका लागि चिनिने चैतन्य पाठशालाले आफूलाई ब्राण्ड एम्बसेडर नियुक्त गरेकोमा धन्यवाद दिए ।
शाहले चैतन्य पाठशालाका अध्यक्ष जोशीले आफूलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेर साईकल संस्कृति र प्रर्यटन प्रबद्र्धनमा लागीरहन हौसला प्रदान गरेको बताए ।

सम्बन्धित

Comments are closed.