महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । जिल्लामा रहेका विभिन्न गैर सरकारी संघसंस्थाहरु, महिला अधिकारकर्मीहरु, मानव अधिकारकर्मीहरु लगायतले विभीन्न कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।
मंसिर १० गते देखी सुरु भएको यो अधियान १६ दिन सम्म मनाएर मंसिर २५ गते समापन गरिएको हो । “हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”भन्ने मूल नाराका साथमा जिल्लाभरमा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो । यस्तै भीमदत्त नगरपालिकाले पनि १६ दिन सम्म गरिएको विभिन्न कार्यक्रमहरुको समिक्षा गरेको छ ।
विभिन्न संघसंस्थाहरुले अभियानको दौरानमा गरिएको जनचेतना मुलक कार्यक्रमको बारेमा जानकारी दिएका थिए । संस्थाहरुले अन्तरक्रिया कार्यक्रम, विद्यार्थीहरु संग छलफल कार्यक्रम, हस्ताक्षर संकलन कार्यक्रम, बक्ततृत्वकला लगायत कार्यक्रमको जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले यो १६ दिने अभियानमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेको प्रती धन्यवाद व्यक्त गर्नु भयो ।
भीमदत्त नगरपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको बताउदै अहिले सबैले आफआफनो क्षेत्रबाट लैङिगक हिंसालाई न्युनिकरण गर्नुपर्नेमा हातेमालोको आवस्यक रहेको बताउनु भयो । यो अभियानको रुपमा मात्रे नभएर सदैभरी यसरी ने सबैले यो विषयमा एकता देखाएर समुदायबाट जरो नै उखेल्ने गरी काम गर्नु पर्ने बताउनु भयो ।
अहीले समग्र मानव जाती नै जोखिममा रहेको अवस्थामा हिंसा, विभेदलाई समाजबाट कसरी हटाउन सकिन्छ कसरी कम गर्न् सकिन्छ भनेर सबैले आआफनो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । साथै पालिकाबाट विनियोजित हुने बजेटको कमी नहुन दिने र हरेक वर्ष यसरी नै भव्यताको साथमा यो कार्यक्रम मनाउनका लागी आफु लाग्ने बताउनु भयो ।
साथै पालिकाले र महिला मानव अधिकार रक्षक संजालले कञ्चनपुरमा पहिलो को पाईलट २० वर्षिया शृष्टी विष्टलाई साँन गरेको थियो । पालिकाले अभियानको पहिलो दिनमा आयोजना गरेको सामुदायिक विद्यालयस्तरिय बक्ततृत्वकलामा प्रथम, द्धितिय र तृतिय स्थान ल्याउने विद्यार्थीहरुलाइ पुरस्कारसहित सम्मान गरेको छ ।
प्रथम हुनेमा महेन्द्र मावी साधारण स्कुलकी छात्रा कृतिका भट्टले नगद ५ हजार प्रमाणपत्र, द्धितिय हुनेमा महेन्द्र मावी साधारण स्कुलका छात्र रोहित पन्तले नगद ३ हजार प्रमाणपत्र, र तृतिय हुनेमा आदर्श विद्या निकेतनकी छात्रा हिमानी मडैले नगद २ हजार प्रमाणपत्र प्राप्त गरेका थिए ।
Comments are closed.