महेन्द्रनगर । कञ्चनपुरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकाहरुलाई खाद्यन्न र न्यानो कपडा सहयोग गरिएको छ । शुक्रवार भीमदत्त नगरपालिका १८ निवासी पुरुषोत्तम अर्यालका छोरा हाल बेलायत निवासी पंकज अर्याल र बुहारी ललिता अर्यालले २२ थान न्यानो कपडा र बेलायत निवासी छोरी झरना अर्याल र ज्वाई विष्णु गौतमले खाद्यन्न सहयोग गरेको बताउनु भयो ।

अहिले चिशो मौसम पनि भएकाले अनाथ बालबालिकाहरु लाई चिशोबाट बच्नको लागी न्यानो कपडा सहयोग गर्नुपर्छ भन्ने धराणा अनुरुप सबै२२ जना बालबालिकाहरु लाई न्यानो कपडा वितरण गरिएको पुरुषोत्तम अर्यालले बताउनुभयो ।
कपडा संगै खाना पनि खुवाउनु पर्छ भन्ने विचारले सबैलाई खानामा मासु भात पनि खुवाईएको बताउनु भयो । साथै उहाँले यो अनाथालयमा आएर आफनो जन्मदिन, अन्य दिनमा आएर यो परिवारमा आफनो खुसी साँटन र सहयोग गर्न पनि अपिल गर्नुभयो ।

यसैगरी, समाज कल्याण अञ्चल बाल अनाथालयका सदस्य भगवती थापाले यसरी आएर सबै बालबालिकाको लागी न्यानो कपडा र खाना खुवाएर सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
अहिले बालबालिकाहरुलाई चिशोमा बचाउनका लागी आफुहरुलाई पनि समस्या भईरहेको बेलामा न्यानो कपडा सहयोग गर्नुभएकोमा हृदय देखी धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.