राम लिलाका हनुमान बोक्सरलाई युएईमा सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँका समाजसेवी डा। कृष्णदत्त जोशी बोक्सर युएईमा सम्मानित भएका छन् । सुदूरपश्चिमेली समाज युएईले जोशीलाई सम्मान गरेको छ । युएईको दुबहीस्थित नेपाली पार्कमा गरिएको कार्यक्रममा डा. जोशीलाई सम्मान गरिएको छ ।

जोशी केही दिन अघि युएई गएका हुन् । सम्मान कार्यक्रममा सुदूरपश्चिमेली समाज युएईका संस्थापक धर्म राज उपाध्याय, कार्य वाहक अध्यक्ष शिवराज तिमिल्सिना, महासचिव प्रकाश दत्त बडु लगायतका सहभागी भएका छन् ।

डा.जोशीलाई सम्मानलाई जीवमा नबर्सिने क्षण भनेर समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बोक्सर भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।

सम्बन्धित

Comments are closed.