महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा महिलाहरुले सामुहिक रुपमा केरा खेतीको सुरुवात गरेका छन् । डिसिए नेपाल र संजिवनी नेपालको आर्थिक सहयोगमा सुदूरपश्चिम महिला पैरवी संजालका ७ जना महिला सदस्यहरुले अहिले ५ कट्टा जग्गामा केरा खेतीको सुरुवात गरेका हुन् ।
संस्थाले विभिन्न तालिम प्रदान गरेपछि अहिले महिलाहरुले आफनै व्यवसाय संचालन गर्न र आत्मनिर्भर हुनका लागी संस्थाले केही अनुदानमा रकम उपलब्ध गराएपछि महिलाहरुले ३ सय बोट केराको लगाएर आफनो व्यवसायको सुरुवात गरेका छन् । उक्त क्षेत्रमा केरा खेती राम्रो फस्टाउने भएपछि संस्थाले केही अनुदान सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो ।
उहाँहरुलाइ विभिन्न तालिम प्रदान गरिएको जस्मा वित्तिय साक्षरता कक्षा, व्यापार व्यवसायको योजना बनाउने तालिम पश्चात आफैले व्यवसायको योजना बनाएर नै उहाँहरुको माग अनुरुप संस्थाले लगानी गरेर व्यवसायीक रुपमा काम गर्नका लागी यो केरा खेतीको सुरुवात गरिएको बताउनु भयो ।
साथै परियोजनाको उदेश्य पनि वातावरण मैत्री जलवायु अनुकुलनसंग सम्बन्धित व्यवसाय व्यापार योजना बनाएको भएर पनि विगतमा केरा खेती गरेको अनुभवी महिलाहरु पनि भएकाले थप संस्थाले पनि तालिम प्रदान गरेको भएर केरा खेतीमा उहाँहरुलाई सहयोग गरिएको बताउनु भयो ।
साथै आगामी दिनमा केराबाट बन्ने विभिन्न अन्य सामग्रीहरु चिप्स, कागज, लगायतका अन्य सामग्रीहरु पनि बनाउन सकिने भएकाले खेर जाने अन्य कुराहरु पनि प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय यो क्षेत्रमा फस्टाएको भएर पनि यस्मा अनुदान प्रदान गरिएको उहाँले बताउनु भयो ।
यसका दिर्घकालिन योजना बनाएर केरा बाट उत्पादित अन्य सामग्रीहरु यतै बनाएर उत्पादन गरेर बजारीकरण गर्न सकियो भनेपनि आर्थिक रुपमा महिलाहरु बलियो हुने व्यवसायी करुपमा पनि काम गर्न सहज हुने देखिएको संस्थाका कार्यकारी निर्देशक भट्टले बताउनु भयो ।
जलवायु अनुकुलनमा महिलाहरुको महत्वपूर्ण योगदान रहने भएकाले र असरबाट पनि महिलाहरु बढी प्रभावित हुने भएकाले पनि यो कार्यक्रम लागु गरिएको बताउनु भयो । सुदूरपश्चिम महिला पैरवी संजालका सहसंयोजक केरा खेती किसान उमा सावदले आफुहरुले अहिले ५ कट्टामा केरा खेती गरिरहेको र अन्य सदस्यहरुको पनि सहयोग रहेको बताउनु भयो ।
आफुले तालिम पाएपछि यो क्षेत्रमा केरा खेती राम्रो उत्पादन हुने भएकाले सबैले यो केरा खेतीलाई व्यवसायीक रुपमा अगाढी लैजाने योजना अनूरुप काम गरिरहेको बताउनु भयो । साथै यो सहयोग गर्ने संस्था डिसिए नेपाल र संजिवनी नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.