महेन्द्रनगर । सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल ईतिहास रच्न फेरी भारत प्रस्थान गरेका छन् । अन्तराष्ट्रिय स्तरमा आफनो देशको नाम राख्न विहिवार अफिसियल र खेलाडी गरी ४२ जनाको टिम कोलकत्ता प्रस्थान गरेको हो ।
अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा भाग लिन टोली भारत प्रस्थान गरेको हो । उनिहरुलाई बुधवार प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा लगायतको टोली खादा नेपालको झणड ओढाएर विदा गरेका हुन् ।
यो भन्दा अघिल्लो समयमा ४ पटक भारतमा भएका अन्तराष्ट्रिय स्तरका खेलमा प्रथम स्थान हासिल गरेको यो पटक पनि प्रथम हुने अपेक्षाको साथमा आफना खेलाडीहरु भारत जान लागेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।
आफुहरुले विगतमा भएका ४ वटा अन्तराष्टिय स्तरका खेलमा प्रथम स्थान हासिल गरेको बताउनु भयो । यो पटक पनि देशको नाम उच्च राख्न सफल हुने गरी बढी भन्दा बढी स्वर्ण पदक जितेर देशको नाम र शानलाई अझै विश्व सामु पहिचान गराउने लक्ष्यका साथमा तयारी गरेको बताउनु भयो ।
अभिभावक भीमदत्त नगरपालिका ४ का मनराज पन्तले आफना बालबालिकाहरु अन्तराष्टिय स्तरमा खेलकुदमा भाग लिन जानु गर्वको कुरा रहेको बताउनु भयो । आफनो सिप कला देखाएर स्वर्णपदक जित्ने गरी खेल खेल्न उनले आग्रह गरे ।
Comments are closed.