कञ्चनपुरका ईसाइ समाजले मृतकलाई लैजाने ठाँउ पाएनन

महेन्द्रनगर । कञ्चनपुर लगायत विश्वभरमा बुधवार ख्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाएको छ । जिल्लामा रहेका सबै चर्चहरुमा हर्षाेल्लासका साथमा क्रिसमस डे मनाइएको हो । तर यो समाजलाई मृत्यु पश्चात मृतक शरिरलाई कहाँ लैजाने कहाँ लगेर दफन गर्ने भन्ने विषयले पिरोल्ने गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले यो विषयमा पटक पटक छलफल भएको भएपनि आफुहरुले जग्गा उपलब्ध गर्न नकसेको बताउनु भयो । आफुले कार्यपालिका वैठकमा यो विषयमा जानकारी पनि गराएको र आगामी दिनमा कडा रुपमा यो समुदाय आफैले लाग्नु पर्ने र आफुले पनि साथ दिने बताउनु भयो ।

उनिहरुले आफनो आफन्त जनको मृत्यु पश्चात मृतकलाई दफन गर्नको लागी जग्गाको अभावमा दुख पाई रहेको कञ्चनपुर ईसाइ समाज कञ्चनपुरकाका अध्यक्ष र आशा सामुदायिक चर्च जानकी टोलका पास्टर सन्तोषबहादुर सुनामले बताउनु भयो ।

आफुहरुले विगत लामो समयदेखी स्थानिय, प्रदेश र संघिय सरकार समक्ष पनि यो विषयमा विभिन्न ज्ञापनपत्रसहित जानकारी दिएको भएपनि कुनै पनि निकायले यो विषयलाई गम्भिरताको साथमा नलिएको बताउनु भयो । देश धर्म निरपेक्ष भएपनि किताबी कागजमा मात्रै सिमित भएको आफुहरुले महसुस गरेको बताउनु भयो ।

आफुहरु पनि यही समाजको, यही देशको नागरिक भएपनि मृत्यु पश्चात सम्मानको साथमा जान पनि नपाईने वातावरणको सिर्जना भएको बताउनु भयो । अहिले दोधारा चादनीमा रहेको झोलुङगे पुलको दक्षिण तर्फरहेको शुक्लाफाँटा आरक्षको जंगलमा लैजाने गरेको भएपनि त्यहाँ पनि कहिले शुक्लाफाँटा आरक्षले कहिले नेपाली सेनाले त कहिले बाढीले पनि जान समस्या भएको बताउनु भयो ।

यो समयमा ठिकै छ तर वर्षातको समयमा निकै नै समस्या हुने गरेको र आफुले चाहेको संस्कार आफनो धर्म अनुसार पनि मृतक व्यक्तीले जान नपाउने अवस्थामा हामी ईसाई समाज रहेको दुखेसो पोख्नु भयो । यसैगरी, कञ्चनपुर चर्चका पास्टर किशनसिंह डगौराले पनि आफुहरुलाई मृत्यु पश्चात मृतकलाई कहाँ लैजाने भन्ने निकै ठुलो समस्याको रुपमा रहेको र आफुहरु माथी सरकारले भेदभाव गरेको महसुस भएको बताउनु भयो ।

आफनो देशमा आफै माथी थिचोमिचो भएको बताउँदै आफुहरुले पनि समाजमा सकारात्मक परिवर्त गर्नमा महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । यो समस्याको समाधानको लागी विगतमा भीमदत्त नगरपालिका, गृहमन्त्री रमेह लेखकलाइ पनि यो विषयमा जानकारी दिएपनि कुनै पनि सुनुवाई नभएको उहाँले बताउनु भयो ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनु भएका येशु ख्रीष्टको जन्मदिनको उपलक्ष्यमा क्रिसमस मनाईने गरिन्छ ।

मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए ।

सम्बन्धित

Comments are closed.