खप्तड समाज कञ्चनपुरको छैठौं अधिवेशनबाट वीर बहादुर महता अध्यक्ष

महेन्द्रनगर । खप्तड समाज कञ्चनपुरको छैठौं अधिवेशनबाट वीर बहादुर महताको अध्यक्षतामा ११ सदस्यीय नवौं कार्य समिति गठन भएको छ। खप्तड समाजले कला संस्कृतिको विषयलाई उज्जगर गर्दै आएको विगत २० वर्ष पूरा गरी आफ्ना कार्य सञ्चालन गर्दै आएको छ।
अध्यक्षमा वीरबहादुर महता, उपाध्यक्ष मान सिंह तिरुवा, सचिव जनक विक्रम सिंह, सहसचिव हर्ष बहादुर सिंह, कोषाध्यक्ष राधिका जोशी, सदस्यमा जनक बहादुर धामी, राधिका थापा, लक्ष्मी विश्वकर्मा, धर्मराज कठायत, मिनबहादुर धामी र गणेशबहादुर बुढा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्र रावलले बताउनु भयो।
संस्थागत अध्यक्ष हरि सिंह रावल नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वार्षिक कार्यक्रमको रूपरेखा बनाई विभिन्न जिल्लाको कला संस्कृतिलाई पनि उज्जागर गर्नु पर्ने जिम्मेवारी नव निर्वाचित कार्य समितीको काँधमा आएको बताउनु भयो। निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्र रावल सदस्यमा संस्थागत अध्यक्ष हरि सिंह रावल र पूर्व सचिव नर बहादुर विश्वकर्मा रहनु भएको थियो।
कार्यवाहक अध्यक्ष कर्म बहादुर सिंहले बधाई तथा शुभकामना मन्तव्य राख्दै अब आउने कार्यसमितिले तदारुक्ताका साथ काम गर्नु पर्ने देखिएको बताउनु भयो।
छैठौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष वीर बहादुर महताले सम्पूर्ण भद्र भलाद्मी गर्ने मान्ने र सम्मानित व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्दै यस कार्यसमितिले अब आउने दिनमा खप्तर समाजका वार्षिक कार्यक्रम लगायत कला संस्कृति लाई उजागर गर्ने प्रमुख कार्य आफ्नो काँधमा रहेकोले यसलाई पूरा गर्न आफूले हर प्रयास गर्ने बताउनुभयो।
Comments are closed.