डडेल्धुराको मलासमा चितुवा आतंक, स्थानिय त्रसित

महेन्द्रनगर । डडेल्धुराको मलासमा चितुवाको आतंक बढेका छ । परशुराम नगरपालिका ६ मलासमा चितुवाले किसानहरुको बाख्रा र अन्य घरपालुवा जनावरहरुलाई मार्ने खाईदिने गरेपछि स्थानिय त्रसित भएका छन् । बाख्राहरुको खोरमा पसेर बाख्रा खाईदिने, घाईते बनाईदिने गरेपछि बेलुकीको समयमा स्थानियहरु बाहिर आउन पनि त्रास भएको छ ।

बेलुकाको समयमा चितुवा बस्तीमा आउने र बाख्रा अन्य घरपालुवा जनावरलाई मार्ने घाईते बनाएर छोडने गरेको स्थानिय किसान रामबहादुर धामीले बताउनु भयो । आफनो बाख्राको खोरमा रहेका ३ बाख्रालाई घाईते बनाएको र जंगलमा गएको बेलामा २ बाख्रालाई मारिदिएको बताउनु भयो ।

कसान गाँउदेखी काँजी गडासम्म रहेका करिब ४० परिवारलाई चितुवाले हैरान बनाएको उहाँले बताउनु भयो । प्राय सबै किसानहरुको खोरमा पसेर बाख्रा मारेको भएर किसानहरुलाई समस्या भएको र यसको समाधान गरिदिन स्थानियहरुले आग्रह गरेका छन् ।

सम्बन्धित

Comments are closed.