सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १८ औँ वार्षिकोत्सव भव्यताको साथ सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले आफनो स्थापनाको १८ औ वर्ष पुरा गरी १९ औ वर्षको वार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।

वेदकोट नगरपालिका ७ र ८ गाउजीमा रहेको श्री बैजनाथ धाम तथा वृद्धाआश्रम सेवा समितिमा रहेका वृद्धवृृद्धाहरुलाई खाद्यन्न, फलफुल वितरण गरेर सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले आफनो स्थापनाको १८ औ वर्ष पुरा गरी १९ औ वर्षको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका माननिय आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले स्थापनाकालमा आज भन्दा १५ वर्ष पहिला आफुले पनि यो रेडियोबाट प्रसारण हुने विभिन्न कार्यक्रमहरु सुन्ने गरेको बताउनु भयो ।

कञ्चनपुरको पहिलो सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले सञ्चारको क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल भएको र देशमा विभिन्न चरणमा आमुल परिवर्तनमा पनि यसको भुमिका सम्मानजनक रहेको बताउनु भयो । देशमा लोकतान्त्रीक गणतन्त्र स्थापनमा पनी आम जनतालाई सुचना समाचारको माध्यमबाट सुसज्जित गरी सुचनाको हक प्रदान गरेको र उनिहरुलाई सही सुचना प्रदान गरेर सबैको संचारमा अधिकार दिएको बताउनु भयो ।

अहिले संचारको क्षेत्रलाई राज्यले धेरै सहयोग गर्न नसकेको बवस्थामा पनि संचार क्षेत्रहरुले आफैले आर्थिक जोहो गरेर संचालनमा ल्याउनु पर्ने बाध्यता रहेको बताउनु भयो । आफु सुदूरपश्चिमको अर्थ मन्त्री हुँदै गर्दा आईतवार संचार नितीलाई परिवर्तन गर्नका लागी क्याबिनेटमा रहेको समितिबाट नितीलाइ सच्चयाउनका लागी छलफल भई रहेको यसले संचार क्षेत्रलाई कसरी सहयोग गर्न सकिन्छ ? समस्यालाई कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको बताउनु भयो ।

सञ्चार जगतलाई संरक्षण गर्न यसलाई बचाई राख्न राज्यको पनि दायित्व भएको भएर आफुहरु लागी परेको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय बेलबहादुर रानाले आज भन्दा १८ वर्ष पहिला १७ हजार ५ सय सानो रकमबाट आफनो यात्राको शुभारम्भ गरेको यो सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले अहिले संचारको क्षेत्रमा छुटटै पहिचान बनाउन सफल भएको बताउनु भयो ।

यस शुक्लाफाँटा एफएमले विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेर आम जनतालाई समाचार विभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट सुचना मार्फत जानकारी दिनमा अहम भुमिका रहेको बताउनु भयो । आफुले यस संचामाध्यमलाई गर्न सक्ने सहयोगका लागी सदैव अगाढी रहने प्रतिबद्धता जाहेर गर्नु भयो ।

यस्तै वेदकोट नगरपालिका ८ का वडा अध्यक्ष महेश जोशीले आम जनता माझ अत्यन्तै लोकप्रिय सञ्चार माध्यम बनेको शुक्लाफाँटा एफएमले विकासका विषयमा सरकारलाई गर्ने खबरदारीमा सदैव अग्रणी भुमिकामा रहेका बताउनु भयो ।

सामुदायिक रेडियो शुक्लाफाँटा एफ एमका अध्यक्ष यज्ञराज चटौतले रेडियोलाई यो स्थान सम्म पुय्राउन सहयोग गर्नु हुने सम्पुर्ण राजनैतिक दलका प्रतिनिधिहरु, विभीन्न सरकारी कार्यालयका प्रमुखहरु, गैर सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि हरु, पत्रकार महासंघ तथा विभिन्न मिडियामा आबद्ध सहकर्मी पत्रकार मित्रहरु, शुक्लाफांटा एफ.एम.लाई विज्ञापन तथा

कार्यक्रमहरु उपलब्ध गराइ सहयोग गर्नुहुने विज्ञापनदाता तथा कार्यक्रमदाताहरु, शुक्लाफांटा एफएमको कार्यसमितिका सदस्यहरु, प्रबद्र्धक ज्युहरु तथा एफएमका सल्लाहकारहरु, शुक्लाफांटा एफ.एम.को दैनिक कार्यमा क्रियाशील सहकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

साथै आगामी दिनमा पनि सबेको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।साथै, हरेक वर्ष प्रदान गरिदै आएको शुक्लाफाँटा पत्रकारिता पुरस्कार यो वर्ष  नगद ११ हजार १ सय ११ रुपैँयासहित शुक्लाफाँटा एफएमका समाचार प्रमुख सुजित सिनाललाई प्रदान गरिएको छ । रेडियोका स्टेशन म्यानेर जयदेव जोशीले कार्यप्रगती प्रतिवेदन प्रस्ततु गर्नु भएको थियो भने, स्वगत मन्तव्य रेडियोका निवर्तमान अध्यक्ष बलबहादुर डगौराले गर्नु भएको थियो । कार्यक्रम संचालन रेडियोका सह अध्यक्ष विष्णु अवश्थीले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.