महेन्द्रनगर । कञ्चनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १६ मझगाँउमा रहेको रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा बृहत दोस्रो रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

विभिन्न संस्था व्यक्तीहरुको सहकार्यमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको भिमदत्त नगरपालिका १५ का वडा सदस्य एवम रक्तदान कार्यक्रम संयोजक हरिप्रशाद भट्टले जानकारी दिनु भएको छ ।
उक्त रक्तदान कार्यक्रमबाट २५ पिन्ट रगत र ३१ जनाको सुगर जाँच पनि निशुल्क गरिएको उहाँले बताउनु भयो । रगतको अभावले कुनै पनि विरामीहरुको ज्यान जोखिममा नपरोस भन्नका लागी आफुहरुले यो रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष दशरथ धानुकले बताउनु भयो ।
आफुहरुको यो दोस्रो रक्तदान कार्यक्रम रहेकाले सबैले आआफनो क्षेत्रबाट साथ र सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नु भयो ।
Comments are closed.