पोेखरी कटेजका संचालक, शुक्लाफाँटा एफएमका प्रमोटर रानाद्वारा वृद्धाआश्रममा कम्बल सहयोग

महेन्द्रनगर । पोेखरी कटेजका संचालक एवम शुक्लाफाँटा एफएमका प्रमोटर रामदास रानाले वृद्धाआश्रममा कम्बल सहयोग गर्नु भएको छ । वेदकोट नगरपालिका ७ र ८ गाउजीमा रहेको श्री बैजनाथ धाम तथा वृद्धाआश्रम सेवा समितिमा रहेका वृद्धवृृद्धाहरुलाई एक एक थान गरी १४ वटा कम्बल वितरण गर्नु भएको हो ।

शुक्लाफाँटा एफएमको १८ औ वार्षिकोत्सवको अवसरमा रानाले चिशो मौसममा वृद्ध आमा बुवाहरुलाई केही न्यानो होस भनेर सहयोग गरेको बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथी एवम आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले वृद्धवृद्धाहरुलाई कम्बल हस्तान्तरण गर्नु भएको थियो ।

अहिले चिशो अत्यधिक बढदै गई रहेको अवस्थामा वृद्धवृद्धाहरुलाई पनि समस्या हुने भएकाले आफुले यो सहयोग गरेको बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तरगत आफुले उक्त कार्य गरेको बताउँदै अन्य समाजसेवी युवाहरु व्यापारीहरु सबैले यो वृद्ध आश्रममा रहनु भएका आमा बुवाहरुलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

तपाई हाम्रो सानो सहयोगले उहाँहरुको मुहारमा खुसी मिल्ने र आफुलाई पनि सन्तुष्ट मिल्ने भएकाले सबैले सहयोग गरिदिन आग्रह गर्नु भयो ।

सम्बन्धित

Comments are closed.