ई–पासमा कडाइ गरिने

ई–पासमा कडाइ गरिने
धनगढी, २२ बैशाख
लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गर्दै आएको ई–पासमा कडाइ गरिने भएको छ । सोमबारदेखि ई–पास उपलब्ध नगराइने तथा अत्यावश्यक परेको खण्डमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमती दिइएको ई–पासलाई मात्रै मान्यता दिइने प्रशासनले जनाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव बहादुर भण्डारीद्धारा हस्ताक्षरित सुचनामा कोरोना भाइरस संक्रमणको विस्तारलाई रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि जारी गरेको बन्दाबन्दी ( लकडाउन)को सन्दर्भमा यही बैशाख ३ गतेदेखि प्रशासन कार्यालयबाट ई पास जारी भइ रहेकोमा सोमवारदेखि जिल्ला बाहिरका लागि ई पास जारी नगर्ने र गर्ने पर्ने भए सम्बन्धित व्यक्ति÷निकायले जानुपर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर सहमती दिएमा मात्र ई पास जारी गर्ने जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.