तिलाचौरका ६० अति विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ६० विपन्न दलित परिवारलाई न्यानो कपडा कम्बल वितरण गरेका छन । तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका ८ तिलाचौर आफै गाँउका अति विपन्न दलित महिला अपाङता भएका असाहय परिवारलाई न्यानो लुगा वितरण गरेका हुन ।
मंगलबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराको अध्यक्षतामा ८का वडाध्यक्ष मदनराज मिश्रको प्रमुख आथित्य, समाजसेवी डा। कृष्णदत्त जोशी९बोक्सर०को बिशिष्ठ आथित्यमा दानबिर दिपक देउवा र हिरादेवी देउवाले विपन्न समुदायलाई फाईबर कम्बल वितरण गरेका छन ।
भीनपा ८ तिलाचौरका स्थानीय समेत रहेका स्व। धन बहादुर देउवा प्रधान र नर्मलादेवी देउवाका छोरा दिपक देउवाले स्वदेशमा केही समाजिक काम गरेको छन । भारतको भ्यानला स्टेल एण्ड एलोईस प्रालि र आरएन स्पाका संचालक देउवाले चाडोका बेला विपन्न नागरिकलाई कम्बल वितरण गरेको बताए ।

उनले स्वदेशमा रहेका केही विपन्न नागरिकलाई राहत सुविधाका लागि समाजिक काम गरेको बताए ।कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका समाजसेवी डा। कृष्णदत्त जोशी९बोक्सर०ले परदेशमा व्यवसाय गर्दै आएका देउवाले मातृभूमिका नागरिकको उत्थानका लागि केही समाजिक गरेर पुण्य कमाईरहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष मदनराज मिश्रले पनि यसरी आफ्नै गाँउ, नगरका विपन्न समुदायका नागरिकका लागि देउवाले गर्दै आएको समाजिक कार्य सरानिय भएको बताएका छन । सोमबार पनि देउवाले भीनपा १४बनकट्टीका ४२ परिवार र भीनपा १८ महेन्द्रनगर माविका बौद्धिक अपाङ्गता भएका १६ विद्यार्थीलाई न्याना लुगा वितरण गरेका छन ।

दानबिर देउवाका सहोदार दाजु कृष्ण बहादुर देउवा, छिमेकी बलराम एसके सहितका जनप्रतिनिधी, स्थानीय, कर्मचारी समाजिक व्यक्तित्वको उपस्थितिमा देउवाले समाजिक काम गर्दै आएका छन । निःशुल्क न्याना कपडा पाएपछि विपन्न समुदाय हर्षित भएका छन । देउवाको समाजिक कामको स्थानीयले प्रसंसा गरिरहेका छन ।

सम्बन्धित

Comments are closed.