महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगपालिकामा रहेको अमिटी कलेजमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ । पुस १८ गतेदेखी २४ गते सम्म विभिन्न विधामा खेलकुद, साँस्कृतिक कार्यक्रमहरु विद्यार्थीहरुको क्षमता विकास गराउने कार्यक्रहरुको आयोजना हुने भएका छन् ।
बास्केट बल, क्रिकेट, टेबुल टेनिस, ब्याट मिन्टनलगायतका विभिन्न मौलिकपन बोकेका साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुने कलेजका प्रिन्सिपल रविन्द्रप्रशाद अवश्थीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई उनिहरुको अध्ययन संगै अन्य क्रियाकलापमा पनि दक्ष बनाउनका लागी विभिन्न विधामा खेलकुदहरु, आफनो मौलिक कलाहरुमा रहेर साँस्कृतिक कार्यक्रमहरुको आयोजना यो सात दिनमा गरिने बताउनु भयो ।
साथै १ सय ६२ वटा स्वर्ण पदकमा प्रतिष्पर्धा हुने र त्यसैगरी १ सय ६२ वटा रजत पदक र कास्य पदक गरी विद्यार्थीहरुलाई प्रतिष्पर्धामा उतारेर उनिहरुको सिप कला दक्षतामा आधारित रहेर सम्मान गरिने बताउनु भयो ।
पछिल्लो समयमा युवाहरु कुलतमा फस्ने गरेको, आफनो समयलाई विभिन्न सामाजिक संजालमा खर्च गर्ने, अध्ययन र खेलकुदमा समय नदिने देखिन्छ हामहिरुले अध्ययनसंगै उनिहरुलाईै खेलकुदको माध्यमबाट कसरी अगाडी बढाउन सकिन्छ भन्ने उदेस्य पनि रहेको बताउनु भयो ।
साथै खेलकुदले विद्यार्थीहरुलाई स्वस्थ्य रहन मद्धत पुग्ने, अनुसासनमा रहनको लागी सजिलो हुने भएकाले पनि यो कार्यक्रमको आयोजना गरिएको कलेजका प्रिन्सििपल अवश्थीको भनाई रहेको छ ।
Comments are closed.