वेदकोटको ईन्द्रेणी कृषी सहकारी संस्थाको १३ औ वार्षीक साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको श्री ईन्द्रेणी कृषी सहकारी संस्था लिमिटेडले आफनो १३ औ वार्षीक साधारण सभा सम्पन्न गरेको छ । श्री उदयदेव मावीको प्राङगणमा शनिवार एक भव्य कार्यक्रमको आयोजना गर्दै आफनो १३ औ वार्षीक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खडका रहनु भएको थियो भने, कार्यक्रमको सभाध्यक्षता सहकारीका अध्यक्ष शिवराज भट्टले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुती रहेको थियो भने, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामी अछामी बड्डोको पनि उत्कृष्ट प्रस्तुती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खडकाले आफु पनि विगतको दिनमा यसको सदस्य भएको र सहकारी अभियानमा सुरुवात देखी नै लागेको बताउनु भयो । साथै सहकारीहरुलाई व्यवस्थित गर्ने यसको क्षमता विकास गर्नमा पनि आफनो ठुलो भुमिका रहेको बताउनु भयो ।

आफुसंगको भएको बचतलाई निरन्तरता दिने र रिण लगेपछि समयमा बुझाउने र केही उद्यम गरेर देखायो भने आफनै देशमा स्वरोजगार गर्न सकिने बताउनु भयो । यो सहकारीले पनि कृषीको क्षेत्रमा उदाहरणिय कार्य गरेको र यहाँका किसानहरुलाई आवस्यक पर्ने मल विँउ औजारहरु पनि सहुलियत दरमा वितरण गरिरहेको बताउनु भयो ।

यो सहकारी तपाँइ हाम्रो सहयोगले नै गठन भएको र यसमा आफनो लगानी रहेको र आफैले फाईदा लिने सहकारी भएको बताउनु भयो । अहिले देशको दुई तिहाई भन्दा बढी जनताहरु सहकारीमा जोडिएर आफनो जिवनयापन गरिरहेको र कतिपयले यसलाइ प्रयोग गर्न नजानेर आफनो सम्पुर्ण गुमाएको र प्रयोग गर्न जान्नेले आफनो सम्पूर्ण घरबार जोडेको उदाहरण रहेको बताउनु भयो ।

यस्तै सहकारीका अध्यक्ष शिवराज भट्टले आफुनो सहकारीमा अहिले करिब १७ जना सदस्य रहेको र सबैले गर्दा अहिले आफुहरुले १३ औ वर्षमा पुग्न सफल भएको बताउनु भयो । आफनो स्थानिय स्तरमा रहेका किसानहरुलाई व्यवसायीक कृषी तर्फ उउन्मुख गराउनु मुख उदेश्यका साथमा काम गरिरहेको बताउनु भयो ।

साथै किसानहरुको माग बमोजिम उनिहरुलाई आवस्यक पर्ने कृषी औजारहरु, मल विँउविजनहरु, केदकोट नगरपालिका, कृषी ज्ञान केन्द्र, विभिन्न संघसंसथाहरु संग समन्वय गरेर सहुलियत दररेटमा आधा रकममा उपलब्ध गरिएको बताउनु भयो ।

आगामी दिनहरुमा किसानहरु आवस्यक पर्ने प्राविधिक तालिमहरु पनि प्रदान गरिने योजना रहेको बताउनु भयो । कृषी विकास र त्यसको उन्नतीमा यो सहकारी सदैव लागी रहने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.