महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा कपडाहरु वितरण गरिएको छ । कपडा हैन सम्मानको मूल्य अडान बनोस गरिव बेसहारा हरुका लागी हरेक कदम नया आशा बनोस भन्ने मुल नाराको साथमा पावर अफ युथका युवायुवतीहरुले आवस्यक्ता भएका गरिव विपन्न वृद्धावृद्धाहरु बेसहाराहरुलाई कपडाहरु वितरण गरेका हुन् ।
महेन्द्रनगरको भेटघाट चौतारीमा आफुहरुले संकलन गरेको कपडाहरु आवस्यक्ता भएका हरुलाई वितरण गरिएको हो । गत एक हप्तादेखी पावर अफ युथका सदस्यहरुले घरघरमा गएर कपडाहरु संकलन गरेको र शनिवार आवस्यक्ता भएकाहरुलाई सहयोग गरिएको पावर अफ युथका सदस्य प्रिती भट्टले जानकारी दिनु भयो ।
सथै यो अभियानलाई निरनतरता दिइने र पुराना कपडाहररु भए सहयोग गर्न पनि आग्रह गर्नु भयो । यो चिशो मौसममा तपाई हामी संग भएका पुराना कपडाहरुले कसैको शरिरमा न्यानो दिने भएकाले सबैले आआफनो क्षेत्रबाट साथ र सहयोग गरिदिन पावर अफ युथका सदस्य रोहित पालले बताउनु भयो ।
Comments are closed.