महेन्द्रनगर । तराईमा पछिल्लो अत्यधिक चिशो बढी रहेको छ । यस्तो बेलामा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै विद्यालयहरुले धमाधम विदा गरिरहेका छन् । कन्चनपुरको पुनर्वास नगरपालिकाले जाडो बिदा दिएको छ ।
बुधबार पुनर्वास नगरपालिका कार्यालयले सुचना जारी गर्दै नगर भित्रका सम्पुर्ण बिद्यालयहरुलाई चार दिनका लागि जाडो बिदा दिएको हो। विगत केही दिन देखि शितलहरका कारण अत्यधिक चिसो बढ्न गइ जनजीवन प्रभावित हुन थालेपछि नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुले संचित विदा
(जाडो वा वर्षे विदा) बाट कट्टी गर्ने गरी ४दिनका लागि विद्यालयहरुमा जाडो विदा दिइएको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी दत्त भट्ट ले जानकारी दिनुभयो। आजबाट पुस २८ गतेसम्म बिद्यालय बन्द रहने छ ।
Comments are closed.