विश्व रेकर्डर डा. लुहारले दिए विरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का विश्व रेकर्ड राख्न सफल व्यक्तित्व डा.नरिराम लुहार बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गर्नु भएको छ ।

उहाँले बिरामी पत्रकार सिनाललाई स्वास्थ्य लाभका लागी नगद २ हजार ५ सय रुपैया आर्थिक सहयोग गर्नु भएको हो । सामाजिक संजालबाट पत्रकार सिनाल विराम िभएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई आर्थिक सहयोग गर्नु भएको हो ।

समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि डा. लुहारले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गर्नु भएको छ ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहााको उपचारमा केही भएपनि सहजता होस भनेर उहाँले सहयोग गर्नु भएको हो ।

३ बर्षको समयावधीमा २२ किताब लेखेर बिश्व किर्तीमान राख्नु भएका डा. लुहारले यो दुखको समयमा अन्य व्यक्तीहरुलाई पनि सहयोग का लागी आग्रह गर्नु भएको छ ।

सम्बन्धित

Comments are closed.