महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा रहेको श्री निवास रामानुज घाट तिर्थस्थलमा १५ दिन सम्म धार्मीक मेलाको आयोजना हुने भएको छ । माघ १ गतेदखेखी १५ गतेसम्म विभिन्न धार्मीक कार्यहरुका साथमा मेलाको आयोजान हुने भएको हो ।
भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले स्वामी गोविन्द जी महाराजको करकमलबाट अनवरत रपमा १५ दिन हिन्दु धर्मालम्बीलाई लक्षित गर्दै धार्मीक परम्परालाई जोगाउनका लागी मेलाको आयोजना गरिने बताउनु भयो ।
यस क्षेत्रलाई धार्मीक स्थल बनाउन र पर्यटकलाई पनि मध्ये नजर गरेर यो वर्ष १५ दिन विभिन्न धार्मीक कार्यक्रमको आयोजना गर्दै वैद्धिक सनातन धर्मको प्रचार प्रसार गर्न आफुहरु खटिएको बताउनु भयो । साथै, यो क्षेत्रमा १ हजार ८ गाईको दुधबाट अभिषेक भएको १ हजार ८ तिर्थ स्थलको जलबाट अभिषेक भएको यो पवित्र स्थल आएर धार्मीक पुण्य कमाउन आग्रह गर्नु भयो ।
यो क्षेत्रमा श्री रामानुज भगवान, महाकाली मैया, श्री राम, भगवान शंकर विराजमान भएको यो तिर्थस्थललाई पवित्र उदेश्यका साथमा आएर १५ गते कार्यक्रमलाई समापन गरी देवघाट जाने र त्यहाँबाट भारतको प्रयागराज जाने र धर्मको रुपमा वैद्धिक सनातनको रुपमा प्रचार प्रसार गर्ने योजना पनि रहेको उहाँले बताउनु भयो ।
साथै उहाँले सम्पुर्ण हिन्दु धर्मालम्बीहरुलाई यो तिर्थ स्थलमा आएर धर्म कमाउन पनि आग्रह गर्नु भयो ।
Comments are closed.