सुदूरपश्चिम जापान कराँते डोले आफना खेलाडीलाई फेरी ईतिहास रचाउने गरी तैयारी थाल्दै

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले फेरी ईतिहास रच्नको लागी कडा मिहिनेतका साथमा आफना खेलाडीहरुलाई तैयारी गराई रहेको छ । अहिले प्रत्येक दिन आफना खेलाडीहरुलाई प्रथम स्थान हासल गर्ने उदेश्यका साथमा तैयारी थालिएको हो ।

बैशाखको पहिलो हप्तामा भारतको झारखण्ड ग्रिडीमा प्रथम दक्षिण एशियाली साफ खेलकुद कराँते च्याम्पियनशिपको आयोजना हुने भएपछि आफना खेलाडीहरुलाई त्यसको तैयारी गराई रहेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

अहिले जिल्ला स्तरमा छनौटको काम भई रहेको त्यसपछि प्रदेश स्तरमा पनि छनौट गरिने त्यसपश्चात रािष्ट्रय स्तरमा पनि छनौट गरी टोलीलाई भारतमा लैजाने गरी तैयारी गरीरहेको उहाँको बताउनु भयो । उक्त टिममा ६० देखी ७० जनाको जम्बो टिम बनाएर नेपालको झण्डा उच्च सम्मानको साथमा फहराउने गरी तैयारीको थालनी भईसकेको बताउनु भयो ।

शत प्रतिशत जितको साथमा उृच्च मनोबलका साथमा तैयारी गरीरहेको र विगतमा पनि जती खेलकुद भारतमा आयोजना भएका छन् सबैमा ईतिहास रचेको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले यो खेलकुदमा नयाँ रेकर्ड राख्ने रणनिती रहेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

आफुले विगत ३० वर्ष बढी यो खेलकुद क्षेत्रमा लागेको र आफनो शिप कला दक्षताले खेलाडीहरुको तैयारीमा जुटको र उनिहरुले विगतमा राम्रो प्रदर्शनीको आधारमा शतप्रतिशत नै जित्ने योजना रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.