कञ्चनपुर, अछाम र कैलालीमा लागूऔषधसहित ७ युवक पक्राउ

महेन्द्रनगर । कञ्चनपुर अछाम र कैलाीमा लागूऔषधसहित ७ जना युवक पक्राउ परेका छन् । कञ्चनपुरमा १ केलालीमा २ र अछाममा ४ जना युवक पक्राउ परेका हुन् । कञ्चनपुरमा बैतडीका एक युवक पक्राउ परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट बैतडीको सिगास गाउँपालिका–३ बस्ने २६ वर्षीय जनक सिह ढाँटलाई ० दशमलव १२ ग्राम लागूऔषधसहित लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उता, धनगढीमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट सोही ठाउँ बस्ने २५ वर्षीय किरण नेपाली र २५ वर्षकै बसन्त परियार पक्राउ परेका छन्। दुबै जनालाई १९० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी, अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन्। मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बिश्वकर्मा, २२ वर्षीय अर्जुन सुनार, २२ वर्षीय कर्ण प्रसाद ढुङ्गाना र १९ वर्षीय अर्जुन सुनार पक्राउ परेका छन्।

उनीहरुलाई चेकजाँच गर्दा प्रकाशको साथबाट ट्रामाडोल–४२ क्याप्सुल, प्रिगाभा–८ क्याप्सुल, ईभा ५ क्याप्सुल र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चारै जनालाई जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.