महेन्द्रनगर । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मङ्गलवार राति साढे नौ बजे मृत्यु भएको हो ।
घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले बताए । द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्।
स्वास्थ्यचौकी पु¥याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए ।
अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो। गएको सोमवार बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया गर्भवतीको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो।
Comments are closed.