बैतडीको पाटनका विद्यालयको गुणस्तर परीक्षण सम्पन्न

महेन्द्रनगर । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले दुई नगरपालिकाका ३३ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षणको काम सकेर स्थानीय तहलाई प्रतिवेदन बुझाएको छ । परीक्षण केन्द्रले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाको काम पूरा गरेर प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा दशरथचन्दको भन्दा तुलनात्मक रूपमा पाटनका विद्यालयको शैक्षिक गुणस्तर राम्रो देखिएको छ । पाँच विज्ञले एक महिना लगाएर तयार गरेको प्रतिवेदनमा दशरथचन्द नगरपालिकाभन्दा पाटन नगरपलिकाका विद्यालय शैक्षिक गुणस्तरमा अगाडि देखिएको छ ।

दशरथचन्दका १९ वटा माध्यमिक विद्याललयले ४३ प्रतिशतदेखि ६७ प्रतिशतसम्म अङ्क प्राप्त गरेर सामान्यस्तर कायम गरेका छन् भने पाटन नगरपालिकाका १४ वटा विद्यालय ५४ प्रतिशतदेखि ८२.८३ प्रतिशतसम्म अङ्क प्राप्त गरेर मध्यमस्तरसम्म पुगेका छन् । पाटन नगरपालिका–८, खोड्पेको विजयपुरस्थित ज्ञानेश्वर माविले ८२.८३ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

ज्ञानेश्वरले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत नतिजा ल्याएको थियो । परीक्षण केन्द्रले एसइई परीक्षाको नतिजालाई पनि आधार मानेको छ । प्रतिवेदन अनुसार दशरथचन्द नगरपालिकाको वीरेन्द्र माविले ६४.६४ प्रतिशत, मणिलेक माविले ६०.१८ प्रतिशत, दशरथचन्द माविले ६७.२८ प्रतिशत, कुलौन माविले ५६.१५ प्रतिशत, निङ्लासैनी माविले ६०.६ प्रतिशत, शिवस्थली माविले ४९.५८ प्रतिशत, शोभा मावि कलौनले ५५.५८ प्रतिशत, जगदम्बा मावि रानीबुङ्गाले ५६.३२ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

सम्बन्धित

Comments are closed.