महाकाली मोडर्न पब्लिक स्कुलमा ‘महाकाली मोडर्न फेस्ट’ सम्पन्न

महेन्द्रनगर। महाकाली मोडर्न पब्लिक स्कुलमा ‘महाकाली मोडर्न फेस्ट’ को आयोजना गरिएको छ । शुक्रवार भीमदत्त नगरपालिका ३ भाँसी महेन्द्रनगर स्थित महाकाली मोडर्न पब्लिक स्कुलमा ‘महाकाली मोडर्न फेष्ट’ को आयोजना गरिउको हो ।

एक भव्य कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुले आफुमा भएको सिपकलाको प्रयोग गर्दै विभिन्न खानाका परिकारहरु बनाएका थिए । उनीहरुले सेल, पुरी, ढिक्री, बटुवा, अचार,पानीपुरी, लगायतका खाद्य परिकार स्टलमा राखेका थिए ।

साथै विद्यार्थीहरुले सुदूरपश्चिमको लोक संस्कृतीमा आधारित विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि प्रदर्शनी गरेका थिए । महाकाली मोडर्न पब्लिक स्कुलका प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञानका लागि कार्यक्रम गरिएको बताए ।

‘हाम्रो विद्यालयले विद्यार्थीलाई पढाई संगै संस्कार सहितको शिक्षा दिने लक्ष्य राखेको छ, किताबी ज्ञान नभएर व्यवहारिक सीप सिकाउन, स्थानीय खाद्य परिकारको प्रवद्र्धन गर्न,कला विज्ञान रुची जगाउन फेस्ट आयोजना गरिएको हो’ उनले भने ।

प्रिन्सिपल भट्टका अनुसार कला, विज्ञान प्रर्दशनी, खेल तथा खाद्य गरी चार विधामा कार्यक्रम गरिएको छ । विद्यार्थी आफै प्रत्यक्ष सहभागि भएर गर्ने कामले थप क्षमताको विकास हुने छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी प्रत्यक्ष सहभागि भएको र अन्य कक्षाका विद्यार्थी समेत अवलोकनकर्ताका रुपमा सहभागि भएको बताए ।

‘विद्यार्थीलाई व्यवहारिक रुपमा अभ्यास गराउँदा उनीहरुमा थप आन्तरिक सीप क्षमता विस्तार हुन्छ, ‘प्रिन्सिपल भट्टले भने, ‘हामीले हरेक महिना हरेक कक्षाका विद्यार्थीलाई फिल्डभिजिट समेत गराउँछौँ ।’विगतदेखि नै विद्यालयले अतिरिक्त कृयाकलाप गराउँदै आएको छ । विद्यालयबाट थप अतिरिक्त कृयाकलाप गराउन थालेपछि विद्यार्थी उत्साहित एव अभिभावक समेत हर्षित भएका छन ।

सम्बन्धित

Comments are closed.