कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ११ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ११ जनाक जना पक्राउ परेका कञ्चनपुरमा ३ जना र कैलालीमा ८ जना पक्राउ परेका हुन । पुनर्वास नगरपालिका १० अमरबस्ती स्थित चकमेली बजारबाट कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय सुरेश चौधरी र २५ वर्षीय रबिन्द्र ओली पक्राउ परेका छन्।

दुबै जनालाई १ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ यस्तै पुनर्वास नगरपालिका–११ डोकेबजारबाट पुनर्वास नगरपालिका–१० भिमबस्ती बस्ने २० वर्षीय रोसन सिंह साउद पक्राउ परेका छन्।

साउदलाई नाइट्राजन पाम १० ट्याब्लेट १३ थान र स्पास्मो क्याप्सुल २१ थानसहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । उता, कैलालीबाट लागूऔषधसहित एकैदिन आठ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। टीकापुर नगरपालिका–३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोदावरी नगरपालिका–२ पहाड रोड स्थित बसपार्क नजिकबाट गोदावरी नगरपालिका–१ बस्ने २६ वर्षीय राजन हमाललाई १३० मिलिग्राम खैरो हेरोइनसहित र गोदावरी नगरपालिका–३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उता गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। विभिन्न स्थानबाट पक्राउ परेका माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.