महेन्द्रनगर । कञ्चनपुरमा एक निजी विद्यालयको बसको ठक्करबाट दुई वर्षीय नाबालकको मृत्यु भएको छ। बेलौरी नगरपालिका–८, कलकत्तास्थित ज्ञान साधन बोडिङ्ग स्कुलको बसले बेलडाँडी गाउँपालिका–३, खैरिघाटका सुशान्त कुँवरलाई ठक्कर दिएर फरार भएको हो ।
घटना आइतबार साँझ ५ बजे भएको हो । विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका नाबालकलाई स्कुल बस ९सुपप्र ०१००१ ख ३६१०० ले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।
दुर्घटनापछि चालकले बस विद्यालयमै पु¥याएका थिए । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर बससहित फरार भएका चालक प्रहरीको नियन्त्रणमा रातीको ८ बजे सम्म आइसकेका छैनन् ।
तर विद्यालय पक्षलाई बेलडाँडी ईप्रका बोलाइएको छ । स्थानीय बासिन्दाले भने यस घटनालाई जानीजानी गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
Comments are closed.