महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अहिले श्रम डेस्कलाई प्रभावकारिता बनाउन विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । उपप्रमुख निलम लेखकको संयोजकत्वमा श्रम डेस्कको स्थापना गरि श्रमिकहरुको हक र अधिकारका लागी पालिकाले श्रमिकहरुलाई सहजता प्रदान गर्ने लक्ष्य लिएको छ ।
सोमवार पालिकाले नेपाल प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत युवा रोजगारीका लागि पहल परियोजनामा कार्य स्थलमा आधारित तथा जीवन उपयोगी डकर्मी र घर वाईरिङ सम्बन्धि सीप बिकास तालिमको आयोजना गरिएको हो ।
अहिले देशैभरमा यो कार्यक्रम संचालनमा आएको छ । साथै स्थानिय स्तरमा हुने विकास निर्माणका कार्यहरुमा पनि यिनै श्रमिकहरको प्रयोग गरिने लक्ष्य अनुसार काम भई रहेको छ । ५० दिनको तालिममा डकर्मीमा २० जना र घर वाइरिङमा २० जना गरि ४० जना महिला र पुरुषहरुको सहभागीता रहेको छ ।
सेवा प्रदायक सस्था विजनेस कन्सल्टेनसी ट्रेनिङ सेन्टर (बिसिटिसी) नेपाल को प्राबिधिक सहयोगमा ५० दिने डकर्मी र घर वाइरिङको तालिम संचालन गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो ।
उहाँले २० वर्ष पहिला आफु पनि श्रमिकको रुपमा काम गर्दा आफुले प्रत्यक्ष श्रमिकहरुको दुख पिडा देखेको बताउँदै , अहिले आफैले ऐन नियम बनाएर उनिहरुको हक अधिकारका लागी पालिकाले उक्त पिडा दुखमा मलहम लगाउने गरी काम गर्ने बताउनु भयो ।
श्रमिकहरुलाई काम गराउने तर पारिश्रमिक नदिन, श्रम शोषण गर्न जस्ता अब उपरान्त नहुने र उहाँहरुलाई दक्ष बनाएर पालिकाले परिचय पत्र पनि प्रदान गर्ने बताउनु भयो । भीमदत्त नगरपालिकामा श्रम डेस्क संचालन गरेका छौ ,
यसै महिना मात्र स्थानीय रोजगारदाताहरु लाई आवश्यक जनशक्ति नगरपालिका संग माग गर्न सरोकारवाला निकायहरुसँग समझदारी पत्र एमओयु पनि गरिएको बताउनु भयो । साथै श्रमिकहरुलाई सर्टिफिकेटको व्यवस्था गराएर उनिहरुको अभिलेखीकरण पनि राखिने बताउनु भयो ।
दक्ष जनशक्तिहरुलाई रोजगार दिनका लागी उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ रोजगारदाता हरु संग पनि समन्वय गराउन पालिकाले पुलको काम गर्ने बताउनु भयो ।
Comments are closed.