मन्त्र अस्पतालमा अब चौबिसै घण्टा अल्ट्रासाउण्ड सेवा प्रदान

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले अबदेखी चौबिसै घण्टा  सम्पुर्ण   अल्ट्रासाउण्ड सेवा प्रदान गरिररहेको छ । वरिष्ठ रेडियोलोजि अनुभवी डाक्टर राजेश निरौलाले अब चौविसै घण्टा सेवा दिने भएका हुन् । आकस्मिक विरामीहरुका लागी जुनसुकै समयमा पनि सेवा प्रदान गर्ने र बेलुकी ५ बजेपछि पनि सेवा प्रदान गर्ने व्यवस्था रहेको छ ।

दैनिक रेडियोलोजी विषेशज्ञद्धारा अल्ट्रासाउण्ड प्रविधीबाट शरिरका भित्री अंग र त्यसमा देखिएका समस्याको सफल उपचार तथा परामर्श सेवाहरु पनि प्रदान गरिरहरेको मन्त्र अस्पतालका निर्देशक डा. गोविन्द रोकायाले बताउनु भयो ।

कलेजो, मृगौला, पित्तथैली, पाठेघरको समस्याहरुको पनि उचार हुनृ उहााले बताउनु भयो । साथै,एपेनस्कि, थाईराईड, कलर डपलरलगायतका समस्याको उपचार हुने जानकारी दिनु भयो । साथै कञ्चनपुरमै अहिले एनआईसियु सेवा दिईरहेको अस्पतालले नवजात शिशु तथा बालरोग सम्बन्धि सम्पुर्ण सेवा,बच्चाहरुका लागी सघन सेवा –एनआइसियु, पिआईसियु, एसएनसियु) सेवा दिईरहेको अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बताउनु भयो ।

साथै अस्पतालले अहिले पेट, मुटु छाती विशेषज्ञ जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, हड्डी तथा नशा रोग, महिला तथा प्रसुती सेवा, अल्ट्रासाउण्ड सेवाहरु उपलब्ध गराईरहेको छ । साथै नाक,कान,घाँटी दन्त सेवा , मुख, अनुहार तथा बंगरा रोगको पनि उपचार भईरहेको छ ।

साथै अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, ईन्डोस्कोपी सेवा, ईको, पिटिए, माईनर तथा मेजर शल्यक्रिया पनि भईरहेको छ ।

सम्बन्धित

Comments are closed.