भीमदत्तले शारिरिक अपाङ्गता भएका बालबालिकाका लागी सिबिरको आयोजना गर्ने

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शारिरिक अपाङ्गता भएका बालबालिकाका लागी स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती सिबिरको आयोजना गर्ने भएको छ ।नगरपालिका तथा बिकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (एचआरडिसी) बनेपा काभ्रेपलान्चोकको संयुक्त आयोजनामा फागुन २१ गते उक्त शिविरको आयोजना हुने भएको हो ।

१८ बर्ष सम्मका शारिरिक अपाङ्गता भएका बालबालिकाका लागी स्वास्थ्य तथा पुनस्र्थापना घुम्ती सिबिर विहान ९ बजे देखी महाकाली प्रादेशिक अस्पतालमा संचालन हुने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित

Comments are closed.