“जोई पोइ“ नामक डेउडा गिति एल्बम बजारमा (भिडियो सहित)

महेन्द्रनगर । डडेल्धुरा अजयमेरुको देवल मा वि का शिक्षक कृष्णदत्त पन्तको नयाँ डेउडा गिति एल्बम सार्बजनिक भएको छ । “जोई पोइ“ नामक डेउडा गिति एल्बममा घरमा बुडाबुडी बिचको झगडाको विषयवस्तु लाई हास्यब्यङ्यात्मक, कमेडी तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको रचनाकार पन्तले जानकारी दिनुभएको छ ।

पन्तका अनुसार उक्त डेउडा गितमा श्रीमान अर्कैसँग लाग्ने गरेको, जुवातास खेलेको र काम नगरी डुल्ने गरेको देखाइएको छ भने श्रीमती पनि फेसन अनुसार चलेको, फेसबुकमा समय विताएको र घरमा कामधन्दा चौपट भएको बर्तमान यथार्थतालाई उतार्न खोजिएको छ ।

उक्त डेउडा गितमा कृष्ण दत्त पन्तको शब्द र लयमा लोकदेउडा गायक गोपाल दयालले एरेन्ज गरका छन भने मनोज परियारको संगीतमा गायक कृष्ण दत्त पन्त संगै संगीता मल्लले स्वर दिएकी छिन ।

म्युजिक प्लस रेकर्डिड स्रडियो काठमाडौले बजारमा ल्याएको नयाँ डेउडा गितमा कृष्ण दत्त पन्त, सागर धामी, दिपा बम, वर्षा सापकोटा ( रुपा ), पवित्रा थापा र जुना साँउदले अभिनय गरेका छन ।

सो गीत Sudur khabar one युट्युब च्यानलमा अपलोड गरिएको छ ।

सम्बन्धित

Comments are closed.