ईतिहास रच्न जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल फेरी भारत जाँदै,खेलाडीहरुको भव्य विदाई गरियो

महेन्द्रनगर । खेलकुदको जगतमा ईतिहास माथी ईतिहास रच्न सफल जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले फेरी ईतिहास रच्न भारत तर्फ प्रस्थान गरेको छ । बुधवार एक भव्य विदाई कार्यक्रमको आयोजना गर्दै खेलाडीहरु अफिसियलहरुलाई विदाई गरिएको छ ।

भारतको झारखण्डमा प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगितामा भाग लिने टोलीको भव्यताका साथमा विदाई गरिएको हो । उक्त विदाई कार्यक्रमको सभाध्यक्षमा करातेका जिल्ला अध्यक्ष दिपेन्द्र बिष्ट रहनु भएको थियो

भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा, बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशी, कबड्डी का बरिस्ठ प्रशिक्षक तारा सिंह भाट, तरुण दलका पुर्व जिल्ला अध्यक्ष संकर दत्त उपाध्याय कराते का प्रदेश उपाध्यक्ष दिलु प्रसाद बोहरालगायतको उपश्थिती रहेको थियो ।

बैशाख ५ गतेदेखी ७ गतेसम्म् आयोजना हुने उक्त प्रतियोगितामा देशैभरबाट २७ जना उत्कृष्ट खेलाडीहरुको नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम जापान कराँते डो.कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्रण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले जानकारी दिनु भयो ।

विगतमा भएका विभिन्न प्रतियोगितामा देशलाई स्वर्ण पदक दिलाएर प्रथम स्थान हासिल गरी ईतिहास रच्न सफल भएको स्मरण गर्दै उहाँले अहिलेको यो प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगितामा पनि स्वर्ण पदक जितेर देशको नामलाई उच्च र सम्मानको साथमा विदेशी भुमिमा चिनाउने गरी खेलाडीहरुले तैयारी गरेको बताउनु भयो ।

आफुहरु तेस्रो पटक भाग लिन भारत जान लागेको र विगतमा झै यो पटक पनि आफना खेलाडीहरुले आफनो देशका लागी खेल खेल्ने र प्रथम स्थान हासिल गर्ने गरी खेलाडीहरुले पनि आफनो तैयारी गरेको बताउनु भयो ।

र्यक्रमलाई समबोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले विगतमा पनि यो जापान कराँते डो कोशिकाई सितोरियो संघले भारतमा भएका विभिन्न प्रतियोगितमा प्रथम स्थान हासिल गरेको बताउनु भयो ।

यो प्रतियोगितमा पनि खेलाडहिरुले अनुशासित भएर खेल खेली देश र आफनो नाम राख्न आग्रह गर्नु भयो । विगतका दिनमा पनि संघले विदाई तथा स्वागत कार्यक्रममा आफुलाई बोलाउने गरेको र यो समयमा पनि बोलाएर भव्य कार्यक्रमको आयोजना गरेको प्रती संघलाई धन्यवाद व्यक्त गर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खेलले जिवनमा महत्वपुर्ण भुमिका रहने बताउँदै आफनो देशको नाम विदेशमा पहिचान दिलाउने माध्यम पनि रहेको बताउनु भयो । खेलाडीहरुलाई विजयी भएर आयो भने फेरी स्वागत गर्ने अवसर प्रदान होस र अनुशासनमा रहेर आफनो देशको नाम राख्न पनि आग्रह गर्नु भयो ।

उक्त प्रतियोगितामा नेपाल, बाङ्लादेश, श्रीलंका, भुटान, –भारत, अफगानिस्तान र मलेसियाको सहभागिता रहने भएको छ ।

सम्बन्धित

Comments are closed.