महेन्द्रनगर । । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।कराँचीबाट अलजजिराका रिपोर्टर फारस घानीले बताएका अनुसार, युद्धविरामको घोषणा पाकिस्तानको दक्षिणी शहरमा स्वागत गरिएको छ ।
एक स्थानीय चिया पसलमा टीभीतिर टोलाउँदै बसेका अब्दुल शाहिदले भने, ‘अल्लाहलाई धन्यवाद छ । होस अझै बाँकी रहेछ।’उनले अगाडि थपे, ‘दुवै पक्षले आफ्नो शक्ति देखाउन खोजे, राष्ट्रिय सुरक्षाको सन्देश दिए, र कश्मीरबारे कडा संकेत पठाए ।’ उनको भनाइमा, पाकिस्तान यो टकरावबाट ‘अझ बलियो रुपमा बाहिरिएको’ देखियो, तर युद्ध दुवैका लागि निरर्थक हुने थियो।
अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’
उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे भारतको दाबी जस्ता विषयलाई पनि संवादको एजेन्डामा ल्याउनुपर्ने बताएका छन् ।
यसैबीच, भारत(प्रशासित कश्मीर सरकारले पाकिस्तानतर्फबाट भएको गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
यो सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ का रूपमा प्रस्तुत गरिएको छ । त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘पाकिस्तानबाट भएको पछिल्लो गोलाबारीका कारण निर्दोष मानिसहरूको ज्यान गएकोमा म गहिरो पीडित छु। हाम्रो सरकारले जनताको पीडा घटाउन सकिने सबै प्रयास गरिरहेको छ ।’
Comments are closed.