आईपिएलका १८ औँ संस्करणमा कस्ले कुन पुरस्कार पाए ?

महेन्द्रनगर। रोयल च्यालेन्जर्स बेंगलुरुलाई च्याम्पियन बनाउँदै इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करण सकिएको छ । बेंगलुरुले मंगलबार राति सम्पन्न फाइनलमा बलियो प्रतिद्वन्द्वी पञ्जाब किङ्‌समाथि ६ रनको रोमाञ्चक जित हासिल गर्दै उपाधि कुम्ल्याएको हो ।
सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागिता जनाउँदै आएको बेंगलुरुले जितेको यो पहिलो उपाधि हो। पञ्जाब पनि पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, उपाधिको स्वाद चाख्ने पञ्जाबको सपना यसपटक पनि पूरा हुन सकेन ।
फाइनलमा उत्कृष्ट बलिङ गरेको बेंगलुरुका बलर कुणाल पाण्ड्या प्लेयर अफ दि म्याच घोषित भए । उनले चार ओभरमा केवल १७ रन खर्चिएर दुई विकेट लिएपछि बेंगलुरुको जित सम्भव भएको थियो ।
आईपीएलको १८औं संस्करणमा १४ वर्षीय वैभव सूर्यवंशीले पनि ुटाटा कर्भु गाडी पुरस्कार पाए । उनले सुपर स्ट्राइकर अफ दि सिजन घोषित भएवापत यो पुरस्कार पाएका हुन् । उनले सात खेलमा २०६.५५ को स्ट्राइक रेटमा कुल दुई सय ५२ रन बनाए ।
सनराइजर्स हैदराबादका कामिन्दु मेन्डिसले सर्वोत्कृष्ट क्याचको पुरस्कार हात पारे । गुजरात टाइटन्सका साई सुदर्शनले सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने। उनले ुअरेन्ज क्यापु अवार्ड जिते । उनले यो सिजनको आईपीएलमा कुल सात सय ५९ रन बनाए ।
गुजरात टाइटन्सकै प्रसिद्ध कृष्णा सर्वाधिक विकेट लिने बलरको सूचिमा पहिलो स्थानमा रहे। उनले ुपर्पल क्यापु अवार्ड जित । जारी सिजनको आईपीएलमा प्रसिद्धले कुल २५ विकेट लिए। इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि साई सुदर्शनले नै हात पारे।

साईले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए मस्ट भ्यालुएबल प्लेयर अफ दि टुर्नामेन्ट पुरस्कार मुम्बई इन्डियसन्का सूर्यकुमार यादबको पोल्टामा प¥यो । आईपीएलको १८औं संस्करणमा उनले कुल सात सय १७ रन बनाए । यसवापत उनले १० लाख भारतीय रुपैयाँ र ट्रफी पुरस्कार पाए ।

१८औं संस्करणका अवार्ड विजेता
विजेता टोली रोयल च्यालेन्जर्स बेंगलुरु २० करोड भारतीय रुपैयाँ र शिल्ड
उपविजेता टोली स् पञ्चाब किड्स १२ करोड ५० लाख भारतीय रुपैयाँ र शिल्ड
इमर्जिङ प्लेलयर अफ दि टुर्नामेन्ट साई सुदर्शन १० लाख भारतीय रुपैयाँ र ट्रफी
सपुर स्ट्राइकर अफ दि सिजन बैभव सूर्यवंशी टाटा कर्भ कार र ट्रफी
सुपर सिक्सेस अफ दि टुर्नामेन्ट निकोलस पुरन १० लाख भारतीय रुपैयाँ र ट्रफी
रुपे गो अफ दि फार सिजन अवार्ड साई सुदर्शन १० लाख भारतीय रुपैयाँ र ट्रफी
ग्रिन डट बल अफ दि सिजन अवार्ड मोहम्मद सिराज १० लाख भारतीय रुपैयाँ र ट्रफी
क्यान अफ दि सिजन कामिन्दु मेन्डिस १० लाख भारतीय रुपैयाँ र ट्रफी
फेयर प्ले अवार्ड चेन्नई सुपर किङ्स १० लाख भारतीय रुपैयाँ र ट्रफी
सर्वाधिक विकेट लिएवापत पर्पल क्याप स् प्रसिद्ध कृष्णा १० लाख भारतीय रुपैयाँ र ट्रफी
सर्वाधिक रन बनाएवापत अरेन्ज क्याप स् साई सुदर्शन १० लाख भारतीय रुपैयाँ र ट्रफी
मस्ट भ्यालुएबल प्लेयर अवार्ड सूर्यकुमार यादव १० लाख भारतीय रुपैयाँ र ट्रफी

सम्बन्धित

Comments are closed.