महेन्द्रनगर । महेन्द्रनगर । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधी कारखानामा भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले बताएका छन् ।
राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर ९३१ माइल० टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावले बताए ।
ई अस्पतालमा मृत घोषित गरिएको उनले बताए । करिब तीन दर्जन घाइते कामदारलाई अस्पतालमा भर्ना गरिएको छ ।
रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको थियो ।
Comments are closed.