बिहिबार असार १९ गते विहान कञ्चनपुरको अधिकाँश क्षेत्रमा हल्का सिमसिमे वर्षा भएपनि केही ठाउमा घाम लागेको छ ।
बिहिबार दिउसो कञ्चनपुरमा हल्का र सुदुरपश्चिमको अन्य जिल्लामा भारी बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् । खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डीएच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ । र साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५,वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.