आज शुक्रबार असार २० गते विहान कञ्चनपुरको केही क्षेत्रमा हल्का सिमसिमे वर्षा भएपनि धेरै ठाउमा घाम लागेको छ ।
शुक्रबार दिउसो कञ्चनपुरमा बर्षा हुने सम्भावना नरहेको जल तथा मौसम विभागले जनाएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डीएच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
र साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५,वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.