नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले कञ्चनपुरको गड्डाचौकी भएर स्वदेश भित्रिरहेकाहरुलाइए खानेपानी वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले युनिसेफको समन्वयमा नेपाल फर्किन कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी मा पुगेका नेपाली दाजुभाईहरुलाई सहजताका लागि हेल्प डेस्क स्थापना गरेर उक्त डेस्क मार्फत खानेपानी उपलब्ध गराइरहेको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थिरेन्द्र चन्द भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले शनिवार ३ हजार ९ सय ६० बोतल पानी वितरण गरेको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका कार्यालय प्रमुख मनोज उप्रेतिले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यस्तै कोभिड १९ नामक कोरोना भाइरस रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । मर्सिकोर नेपालको साझेदारीमा रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाद्वारा सञ्चालित एमरेड परियोजनाले तेस्रो चरण अन्तर्गत विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
शुक्लाफाँटा खबर
6700 posts
सम्बन्धित
Comments are closed.